काठमाडौं । डिफेन्डर शिव गुरुङ र मिडफिल्डर निरकुमार राईले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै शिव र निरले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पुजन उपरकोटीको कप्तानीमा सुरुआती-११ घोषणा गरेका छन् ।
नेपालको सुरुआती-११
दीप कार्की, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, विकास तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, नीर कुमार राई, सन्तोष तामाङ, सुनिल बल, जर्ज प्रिन्स कार्की