काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
इन्डोनेसियाविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पुजन उपरकोटीको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
नेपालको सुरुआती-११
दीप कार्की, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, विकास तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, नीर कुमार राई, सन्तोष तामाङ, सुनिल बल, जर्ज प्रिन्स कार्की