काठमाडौं । एएफसी एसियन कप छनोटमा भारतले हङकङमाथि फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा भारतले हङकङलाई ४-० गोल अन्तरले हराएको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, अनवर अली, मानभिर सिंह र इशान पण्डिटाले एक एक गोल गरे ।
जितसँगै समूह डी को भारतले ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थान हासिल गरेको छ ।
भारत यस अघि नै एसियन कपमा छनोट भईसकेको छ ।
भारत पाँचौं पटक एसियन कपमा छनोट भएको हो ।
जितपछि भारत समूह विजेता बन्दै एसियन कपमा छनोट भएको छ ।
हङकङ ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।