काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च मिडफिल्डर ओरेलियन चुवामेनीलाई सार्वजनिक गरेको छ ।
रियलले मंगलबार चुवामेनीलाई सार्वजनिक गरेको हो ।
यस्तै रियलले चुवामेनीलाई १८ नम्बरको जर्सी दिईएको जनाएको छ ।
रियलले मोनाकोबाट मिडफिल्डर चुवामेनीलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डर चुवामेनीले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् ।
मोनाकोका लागि उनले ९५ खेल खेलेका छन् ।
उनी २०२० मा बोर्डूअक्सबाट मोनाको आएका थिए ।
फ्रान्सका लागि उनले १० खेल १ गोल गरिसकेका छन् ।