काठमाडौं । जापानी मिडफिल्डर ताकुमी मिनामिनोले इंग्लिस क्लब लिभरपुल छाड्ने भएका छन् ।
२७ वर्षीय मिडफिल्डर मिनामिनोले यसै समरमा लिभरपुल छाड्ने योजना बनाएको बताईएको छ ।
लिभरपुलले उनको रिलिज क्लउज ७ मिलियन पाउण्ड राखेको छ ।
उनलाई अनुबन्धका लागि उल्भ्स, फुलहम, साउथह्याम्पटन र मोनाकोले चासो देखाएको छ ।
मिनामिनो सन् २०१९ को डिसेम्बरमा आरबी साल्जवर्गबाट लिभरपुलमा आएका थिए ।
उनले २०२१ मा लोनमा साउथह्याम्पटनबाट खेलेका थिए ।
मिनामिनोले लिभरपुलका लागि ५५ खेल खेल्दा १४ गोल गरेका छन् ।
गत सिजन उनले ११ प्रिमियर लिग खेल खेलेका थिए ।