काठमाडौं । फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित गर्यो । राजकुमार घिसिङले निर्णायक गोल गरे । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा ढोलाहिटीले बौद्ध भेट्रान ‘ए’ लाई ५–१ गोलले हरायो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विजय गुरुङले ह्याट्रिक गरे । नितिन गुरुङ र सरोज थापाले १–१ गोल थपे । बौद्ध ‘ए’ का उमेश लामाले सान्त्वना गोल फर्काए ।
फाइनल मंगलबार हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत ४ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजारबाट पुरस्कृत गरिने छ ।