काठमाडौं । पिस जोन च्याम्पियनसिप कप-२०२२ जुलाईमा आयोजना हुने भएको छ ।
अमेरिकाको ओहायो राज्यमा आयोजना हुने च्याम्पियनसिप जुलाई १६, १७, ३० र ३१ मा आयोजना हुने भएको छ ।
यो पिस जोन च्याम्पियनसिपको पाँचौं संस्करण हो ।
प्रतियोगिता आयोजनाको उद्देश्य अमेरिका र क्यानडाका नेपालीहरूलाई एकसाथ भेला हुने अवसर सिर्जना गर्नु रहेको छ।
प्रतियोगितामा वयस्कतर्फ २० क्लब, भेट्रानतर्फ ८ क्लब र यू-१२, यू-१८ को समान ५/५ क्लब र महिलाको क्लबले प्रतिस्पर्धा गर्ने छन् ।