काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोलाई भोलि सोमबार औपचारिक बिदाइ गर्ने भएको छ ।
रियलले आइतबार एक विज्ञप्ति निकाल्दै कप्तान मार्सेलोलाई सोमबार बिदाइ गरिने जनाएको छ ।
ब्राजिलियन डिफेन्डर मार्सेलोले बिदाइपछि सम्बोधन गर्ने बताईएको छ ।
लेफ्ट ब्याक मार्सेलोको रियलसँगको सम्झौता जुनबाट सकिएको छ ।
३४ वर्षीय डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।