काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युवा मिडफिल्डर रायन ग्राभेनबर्चलाई अनुबन्ध गर्ने भएको छ ।
बायर्नले डच क्लब आयाक्सबाट २० वर्षीय युवा मिडफिल्डर अनुबन्ध गर्ने भएको हो ।
रायन अनुबन्धका लागि आयाक्स र बायर्नबीच सम्झौता भएको बताईएको छ ।
यस्तै मेडिकलका लागि उनी जर्मनी आईसकेको बताईएको छ ।
गत सिजन रायनले डच लिगमा ३० खेल खेल्दै २ गोल गरेका थिए ।
मिडफिल्डर रायनले नेदरल्यान्ड्सका लागि १० खेलमा १ गोल गरिसकेका छन् ।