काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ।
अमेरिकी न्यायाधिस जेनिफर डोर्सीले म्यानचेस्टर युनाईटेडका रोनाल्डोमाथि लगाईएको मुद्दा खारेज गरेको हो ।
अमेरिकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
यस्तै मायोर्गाले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
तर मायोर्गाको वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै खारेज गरिएको हो ।
रोनाल्डोले भने बलात्कारको आरोप नकार्दै आईरहेका छन् ।
यस्तै बलात्कार मुद्दामा मायोर्गाले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको र ती आरोप सार्वजनिक नगरिने शर्तमा रोनाल्डोले करिब पौने चार लाख डलर भुक्तानी गरिसकेको रिपोर्ट समेत बाहिर आएको थियो ।