काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डसँग बराबरी खेल्दै अँ बाडेको छ ।
समूह चरण अन्तर्गत शनिबार राति नेदरल्यान्ड्सले पोल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको १८ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा पिओट्र जिलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
लगत्तै ५४ औं मिनेटमा डेन्जेल डुमफ्राइसले गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा नेदल्यान्ड्सले पेनाल्टीको अवसर पायो ।
तर, मेम्फिस डिपेको पेनाल्टी प्रहार पोस्टमा लाग्दै बाहिरिएपछि नेदरल्यान्ड्स जित निकाल्नबाट बन्चित भयो ।
यस बराबरीसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोडेको छ।
नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पोल्याण्ड ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।