काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बेल्जियम वेल्ससँग बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत शनिबार राति बेल्जियम वेल्ससँग १-१ गोलको बरबरिया रोकिएको हो ।
सुरुआती अग्रता जोगाउन नसक्दा बेल्जियमले अंक बाड्नु परेको हो ।
खेलको ५० औं मिनेटमा युरी टेलीमान्सले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा ब्रेनान जोनसनले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह ४ को बेल्जियमले ३ खेलमा ४ अंक जोडेको छ ।
बेल्जियम अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
वेल्स ३ खेल १ अंक जोडेर पुछारमा रहेको छ ।