काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत जर्मनीले हंगेरीसँग बराबरी खेलेको छ ।
समूह चरण अन्तर्गत शनिबार राति जर्मनीले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको छैटौं मिनेटमा सोल्ट नागीले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको नवौं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै लिग ए समूह ३ को जर्मनीले ३ खेलमा ३ अंक जोडेको छ ।
जर्मनी तेस्रो स्थानमा रहेको छ ।
हंगेरी ३ खेल ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।