काठमाडौं । कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढलेका छन् ।
मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्राएको थियो ।
कुवेतविरुद्धको खेलमा नेपालले ४-१ को हार व्यहोरेको छ । कुवेतसँगको हारपछि अलमुताईरीले क्षमायाचना गरेका छन् ।
उनले छनोटपछि आफ्नो स्वास्थ्य अवस्था परिक्षण गर्ने समेत बताए ।