काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी मैदानमा बेहोस हुँदै ढलेका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।
मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगिएको छ ।
उनलाई अक्सिजन लगाएर अस्पताल लगिएको हो ।
अलमुताईरीलाई मुटुको समस्या रहेको बताईएको छ ।
तर आधिकारिक रुपमा उनको स्वास्थ्य अवस्थाबारे एन्फाले जानकरी गराएको छैन ।