काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले अहिले आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा जारी खेलमा घरेलु टोलीले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
खेलको २८ औं मिनेटमा फाहद अल्रेशिदीले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता बनाएको हो ।
आज नेपाल पहिलो जितको खोजीमा रहेको छ ।
बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।
आयोजक कुवेत पनि पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
छनोटको समूह 'ए' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।
कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।