काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले अहिले बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ सार्वजनिक भएको छ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नवयुग श्रेष्ठको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।
छनोटको समूह 'ए' मा रहेको नेपालले कुवेतपछि जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।
नेपालको सुरुआती-११
दीप कार्की, सुमन अर्याल, विकास तामाङ, बिकाश खवास,गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुरज ज्यु ठकुरी, सेसेहाङ आङ्गदेम्बे,आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ