काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडाको पिप्ले रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलका क्यामरुनको एभनिर एफसीलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै आर्मीले उपाधिको यात्रा तय गरेको हो ।
अब आर्मीले उपाधिका लागि घरेलु टोली विजय युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
रोमान्चक खेलको ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्को सफल भयो ।
आर्मीका लागि खेलको दोस्रो हाफमा दिनेश हेन्जनले गोल गर्दै अग्रता बनाएका थिए । खेलको अन्तिम मिनेटमा आर्मी सम्हालिन नसक्दा एभरनिर एफसी क्यामरुनका जिकाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलमा आर्मीका दिनेश हेन्जनले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताको विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइल प्राप्त गर्ने छन् ।