काठमाडौं । कतारको भुमि वेल्स वा युक्रेनको पर्खाइमा छ । विश्वकप २०२२ को छनोट अन्तर्गत प्ले अफ फाइनलमा आज राति दुई टोली आमनेसामने हुँदैछन् । दुवै टोलीका लागि गर या मरको अवस्थामा रहेको खेल कार्डिफ सिटी स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
गत मार्चमा भएको भिडन्तमा रोब पेजको वेल्सले अस्ट्रियालाई २-१ ले हराएको थियो । जबकी पाहुना टोली युक्रेनले ह्याम्पडेन पार्कमा बुधबार राति स्कटल्याण्डलाई ३-१ ले हराएको थियो । र, दुवै टोलीले विश्वकपमा छनोट हुने आशा जीवित राखेका थिए ।
कार्डिफमा घरेलु टोलि के कुरामा विश्वस्त छ भने सारा विश्वले युक्रेनलाई समर्थन दिनेछ । खेलमा वेल्सको लागि सहानुभूतिको लागि कुनै ठाउँ हुने छैन। तर, पनि त्यहाँ जित्नु छ।
दुई महिनाअघि मात्रै अस्ट्रियाविरुद्धको प्लेअफ सेमिफाइनलमा दुई गोल गरेका ग्यारेथ बेल प्रति रेड ड्रागन ऋणी थियो । परिस्थिति फरक छैन निसन्देह फेरी पनि ग्यारेथ बेलनै त्यो व्यक्ति हुन सक्छन जसले वेल्सलाई विश्वकपमा पुर्याउन सक्छन् ।
सन् १९५८ मा क्वार्टरफाइनलसम्म पुगेपछि दोस्रो पटक विश्वकपको फाइनल चरण पुग्नबाट ९० मिनेट मात्र टाढा रहेको वेल्सले नेसन्स लिगमा बुधबार पोल्याण्डसँगको मैत्रीपूर्ण खेल २-१ ले हारेपछि लगातार ९ खेलको अपराजित यात्रा टुंगियो । यद्दपी पेजले आइतवारको रोमाञ्चक भिडन्त अघि आफ्ना केही प्रमुख खेलाडीहरूलाई विश्राम दिएका थिए ।
घरेलु भुमि वेल्सको लागि फापेको छ । नोभेम्बर २०१८ मा डेनमार्कसँग पराजित भएयता आफ्ना समर्थकको अगाडि १८ खेलमा अपराजित यात्रा उनीहरुसँग छ । तर कुरा जब भूमिको आउँछ, युक्रेन पनि पछिल्लो समय ब्रिटिश साम्राज्यको भूभागमा बलियो भैरहेको छ । आइतबार तटस्थ समर्थकहरूको समर्थन उनीहरूको पक्षमा हुनेछ । ओलेक्सान्डर पेट्राकोभको प्रशिक्षणमा रहेको टोलि स्वतन्त्र राष्ट्रको रूपमा दोस्रो पटक विश्वकपमा पुग्ने लक्ष्यमा छ । युक्रेनको सन् २००६ को विश्वकप संस्करणमा अन्तिम आठसम्मको यात्रा अहिले सम्मकै उच्च हो ।
हेड टु हेड :
सन् २००२ को विश्वकप छनोटमा वेल्स र युक्रेनबीच दुई खेल भएको थियो । दुवै टोलीले १/१ खेल जिते । त्यसपछि सन् २०१६ मा मैत्रीपूर्ण खेलमा यिनीहरुको भेट भयो । यार्मोलेन्कोको गोलमा युक्रेनले उक्त खेल जितेको थियो ।
टिम जानकारी : वेल्स
पोल्याण्डसँगको मैत्रीपूर्ण खेलपछि वेल्सका प्रशिक्षक रोब पेजले ग्यारेथ बेल, आरोन राम्से, बेन डेभिस र जो एलेनको पुनरागमनलाई स्वागत गर्नेछन् । जो मोरेल निलम्बनबाट सेमिफाइनल गुमाएपछि उपलब्ध छन् ।
वेल्सको सम्भावित ११ :
हेनेसी, रोडोन, अम्पाडु, डेभिस, रोबर्ट्स, रामसे, एलेन, विलियम्स, विल्सन, बेल, जेम्स
टिम जानकारी : युक्रेन
स्कटल्याण्डविरुद्धको सेमिफाइनल जितबाट युक्रेनमा कुनै नयाँ चोटको चिन्ता छैन । यद्दपी कार्डिफमा सुरुआती-११ मा कुनै पनि परिवर्तन देखिएमा यो अचम्मको कुरा हुनेछ । ४५ गोल गरिसकेका विङ्गर यार्मोलेन्कोले आफ्नो देशका लागि एन्ड्रि शेभचेन्कोको ४८ गोलको कीर्तिमानलाई थप नजिक बनाउने लक्ष्य राख्नेछन् । ओलेक्जेन्डर जिन्चेन्को आइतबार राति मिडफिल्ड भूमिकाबाट युक्रेनको लागि आफ्नो ५० औं क्याप लगाउन तयार छन् । सेर्गी सिडोरचुक र माइकोला शापारेन्को ले सुरुवात गर्ने सम्भावना कम छ ।
युक्रेनको सम्भावित ११ :
बुश्चन, कारावाएव, ज़बारनी, म्याटविएङ्को , म्याकोलेंको, मलिनोव्सकी, स्टेपनेङ्को , जिन्चेन्को यार्मोलेन्को , यारेम्चुक , सिगान्कोव
अन्तिम नतिजा : वेल्स १-२ युक्रेन (खेलपाटी अनुमान )