काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको ललितपुर डर्बीमा जावलाखेलले जित निकालेको छ ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।
ललितपुरको जितमा फोडे फोफानाले विजयी गोल गरे ।
खेलको ५८ औं मिनेटमा फोफानाले गरेको गोल फ्रेन्ड्सलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।
खेलको ६२ औ मिनेटमा साउलो डी एक्विनो रातो कार्ड खादै मैदान बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित बनेको थियो ।
जावलाखेलका एडामालाई खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
जितसंगै जावलाखेल लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेलले शीर्ष ६ भित्र रहदै लिगको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ ।
फ्रेन्ड्स १४ अंक सहित तालिकाको नवौ स्थानमा रह्यो । फ्रेन्ड्सकाे शीर्ष ६ मा पर्ने सम्भावना कमजाेर बनेकाे छ ।