काठमाडौं । रुस्लान थ्री स्टार क्लबले एन्फा एकेडमीका पूर्व खेलाडी शिव सुवेदीलाई अनुबन्धन गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिगको चालू सिजनका लागि थ्री स्टारले शिवलाई क्लबमा अनुबन्धन गरेको हो ।
अनुबन्धनसंगै शिवले लिगको चालू सिजन थ्री स्टारबाट खेल्नेछन् ।
उमेर समूहको राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य शिवले यू–१६, यू–१९ जस्ता प्रतियोगिता खेलेका थिए ।
लामो समय लिग नहुँदा उनी सुरक्षित भविष्यको खोजीमा भारतीय सेनामा भर्ती भएका थिए ।
सन् २०१५ मा घरेलु भूमीमा भएको साफ यू–१९ च्याम्पियनसिप नेपालले जित्दा शिव टिमका मुख्य सदस्य थिए ।
नेपालले फाईनलमा भारतलाई हराउँदै साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
उनी भारतीय सेनाबाट बिदा मनाउने क्रममा नेपाल आएका हुन् । सोही क्रममा उनले लिग खेल्न थ्री स्टार रोजेका हुन् ।
अधिकांश नयाँ खेलाडीलाई लिगमा प्रस्तुत गरेको थ्री स्टारले उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिगको पाँचौ चरणको खेलमा थ्री स्टारले भोली (बुधबार) ब्रिगेड ब्वाईजसंग खेल्दैछ । खेल दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुनेछ ।
ब्रिगेडविरुद्वको खेलमा शिव मैदानमा उत्रन सक्ने क्लबका म्यानेजर राम श्रेष्ठ (बोश) ले खेलपाटीलाई बताए ।