काठमाडौं । सहिद समरक ए डिभिजन लिग अन्तर्गत चौंथो चरणका सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक प्रेस नोट जारि गर्दै चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।
चौंथो चरणका खेलहरु सोमबारबाट सुरु हुनेछ । एन्फाले यस अघि दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा खेल खेलाउदै आएको थियो ।
एन्फाले सबै खेल एन्फा कम्प्लेक्समा सार्नुको कारण भने खुलाएको छैन ।
तर, नेपाल सरकारको भिजिट नेपाल २०२० घोषणा कार्यक्रम दशरथ रंगशालामा हुने तय भएको कारण खेल एन्फामा सारिएको बुझिएको छ ।
भिजिट नेपाल २०२० जनवरी १ मा विशेष कार्यक्रमसहित घोषणा हुँदैछ ।