काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिसले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरस्वतीविरुद्ध पुलिसले रविन श्रेष्ठको कप्तानीमा प्लेईङ-११ को घोषणा गरेको छ ।
सरस्वतीसँगको खेलसँगै डिफेन्डर रविनले फुटबलमा पुनरागमन गरेका छन् । चोटमुक्त हुँदै रविन करिब डेढ वर्षपछि मैदान फर्किएका हुन् ।
दायाँ खुट्टाको लिगामेन्ट गएपछि रविन मैदान बाहिर रहदै आएका थिए ।
रविनले गत सिजनको लिग गुमाएका थिए ।
पुलिस प्लेईङ सेट -
अजित भण्डारी, अन्जन राई,हेम तामाङ,निर कुमार राई,रबी पासवान,शत्रुधन चौधरी,सुमन लामा,तेज तामाङ,प्रवेश कुँवर,सौजन राई, रविन श्रेष्ठ (कप्तान)
सरस्वती प्लेईङ सेट -
राज शाही,दिपेश श्रेष्ठ,प्रदीप भण्डारी, सुशन लामा,रमेश तामाङ,दिनेश केसी,मनिष थापा,राज कुमार घिसिङ,दिपक भुसाल,पूर्ण बहादुर श्रेष्ठ, एमबेइ आन्द्रे
यो पनि पढ्नुस -
पुनरागमनका लागि रविन तयार