काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् । भीदाल लुइसको क्रसमा उनले गोल गरेका थिए ।
दुवै टिम आज जित निकाल्ने योजनामा रहेका छन् ।
मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो खेलमा ब्रिगेडले मछिन्द्रलाई २–० ले नतिजा सुम्पिएको थियो । दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको थियो ।