काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासलविरुद्ध एनआरटीले १-० को अग्रता बनाएको छ ।
खेलको २४ औं मिनेटमा जुनियर निकेनगुएले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
त्यसअघि खेलको २३ औं मिनेटमा एनआरटीका कप्तान प्रकाश बुढाथाेकीले डिबक्स बाहिरबाट प्रहार गरेकाे बल च्यासलका गाेलकिपर एलेन न्यौपानेले पन्च गर्दै बाहिर फालेका थिए ।
खेलको ३७ औं मिनेटमा च्यासलले गोलको उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर, सुनिल बलले बायाँ तर्फबाट सेकेण्डबार च्याप्दै प्रहार गरेको बल एनआरटीका गाेलकिपर अजित प्रजापतिले मुस्किलले बचाए ।
पहिलो खेलमा संकटालाई २–० ले हराएको च्यासलले दोस्रो खेलमा मछिन्द्रसँग अन्तिम समयमा अंक बाँडेको थियो ।
पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै लिगमा प्रभावशाली सुरुवात गरेको न्युरोड टिमले दोस्रो खेलमा संकटासंग १–० को हार ब्यहोरेको थियो ।
दोस्रो स्थानको च्यासलको २ खेलबाट ४ अंक छ । एनआरटी एक अंक सहित तालिकाको दशौं स्थानमा छ ।