काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ । खेलको २८ औं मिनेटमा पिटर सेगुनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
फ्रेन्ड्सका खेलाडीले डिबक्सभित्र बल क्लियर गर्न नसक्दा डिफेन्डर सेगुनले हेड गोल गरेका थिए ।
त्यसअघि खेलमा फ्रेन्ड्सले एक उत्कृष्ट गोलको अवसर पाएको थियो । १० औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको कडा प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै बाहिर पठाएका थिए ।
खेलको २० औं मिनेटमा मछिन्द्रले पनि लोभलाग्दो पोस्ट आक्रमण गरेको थियो । उसका विशाल राईले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले उत्कृष्ट बचाउ गरे ।
यस्तै ३२ औं मिनेटमा मछिन्द्रका बुद्द राज लिम्बु गोल गर्न चुके । डिबक्सभित्र पाएको बललाई उनले बाहिर प्रहार गरे ।
आज मछिन्द्र दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई हराएको मछिन्द्रले दोस्रो खेलमा च्यासलसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
लिगमा अंक विहिन रहेको फ्रेन्ड्स पहिलो अंकको खोजीमा रहेको छ ।
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विराज महर्जन (कप्तान), विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, अविशेक रिजाल, विशाल राई, पिटर सेगुन, आन्द्रेस निया, एडिलाजा सोमिडे, बुद्ध राज लिम्बु, रेजिन सुब्बा
फ्रेन्ड्स प्लेईङ सेट -
शक्ति राई, फिलिपे डी सौजा,वांगेर डी कार्मो, साउलो डी अक्विनो, निशेन सुब्बा, सुरज गुरुङ, विश्व अधिकारी, देव लिम्बु, सनिस श्रेष्ठ, सन्जोग महर्जन, सरोज योन्जन लामा (कप्तान)