काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले १-० को अग्रता बनाएको छ ।
एनआरटीका लागि विदेशी खेलाडी जुनियर ओन्गुएने निकेन्ग्युले गोल गरे । उनले खेलको ४० औं मिनेटमा प्रकाश बुढाथोकीको कर्नर बलमा हेड गोल गरेका थिए ।
त्यसअघि खेलको १९ औं औं मिनेटमा प्रकाशको कडा प्रहार सरस्वतीका गोलकिपर बिष्णु कुमार केसीले बचाए । त्यस्तै खेलको सातौं मिनेटमा सरस्वतीका रमेश तामाङको प्रहार एनआरटीका किपर अजित प्रजापतिले मुश्किलले बचाएका थिए ।