काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले शीर्ष चारमा रहने लक्ष्य लिएको छ ।
राजधानीमा सोमबार प्रायोजक सम्झौता तथा टिम घोषणा कार्यक्रममा बोल्दै हिमालयनका मुख्य प्रशिक्षक सन्जिब बुढाथोकीले टिमको लक्ष्य शीर्ष चार रहेको बताए ।
'हाम्रो मुख्य लक्ष्य भनेको शीर्ष चारमा रहनु रहेको छ,' प्रशिक्षक बुढाथोकीले भने ।
प्रशिक्षक बुढाथोकीले टिमको तयारी राम्रो भएको र अंक नगुमाउने योजनासहित मैदान उत्रने बताए ।
'तयारी राम्रो छ । सकेसम्म जित्ने योजनासहित खेल्ने छौँ । जे होस अंक गुमाउँदैनौ,' प्रशिक्षक बुढाथोकीले थपे ।
यस्तै क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि टिमको लक्ष्य शीर्ष चार पुग्ने रहेको बताए ।
हिमालयन शेर्पाले मंगलबार नेपाल पुलिस क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।
हिमालयन मान बहादुर खड्काको कप्तानीमा मैदान उत्रने छ ।
हिमालयनले लिगका लागि धुलिखेलमा तयारी गरेको थियो ।
हिमालयन शेर्पाको टिम :
भिषण गुरुङ
त्रिदेभ गुरुङ
आशिष गुरुङ
सुरज गुरुङ
विजय गुरुङ
संजय धिमाल
विवस उरा
विकाश थुलुङ
किशोर गुरुङ
गिल्शन काङ्दवा
निरज बस्नेत
कैलाश बस्नेत
छिरिङ तामाङ
अभी पौडेल
चोप बहादुर उचानी
रबी थापा मगर
विनोद गुरुङ
विश्वन
रामजे
अब्दुल्हा
स्टिभ
क्षितिज खड्का
मान बहादुर खड्का
सबिन तामाङ
विशाल श्रेष्ठ
सन्जिब बुढाथोकी (प्रशिक्षक)
बिजेन्द्र पुडासैनी (टिम म्यानेजर)
मिन बस्नेत (गोलकिपर कोच)