काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेलमा अहिले मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा मछिन्द्रले २-० को अग्रता बनाएको छ । खेलको ५० औं मिनेटमा दिपक राईले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाएका हुन् । दिपकले तीन डिफेन्डरलाई छलाउदै गोल गरेका थिए ।
यस अघि खेलको पहिलो हाफको ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट मछिन्द्रले अग्रता बनाएको थियो ।