काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले पहिलो हाफमा अग्रता लिएको छ ।
शनिबार एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाईजविरुद्वको खेलमा मछिन्द्रले अग्रता बनाएको हो ।
खेलको ३० औ मिनेटमा योगेश गुरुङले हेडमार्फत मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।
बिशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि रिबाउन्ड बलमा योगेशले गोल गर्न सफल भएका हुन् ।
लिगको उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड मैदान उत्रिएका हुन् ।
हेर्नुहोस् प्लेईङ सेट :
मछिन्द्र क्लब :
रञ्जित धिमाल, विजय धिमाल, विराज महर्जन(कप्तान), दीपक राई, हेमन गुरुङ, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, योगेश गुरुङ, अभिषेक रिजाल, विशाल राई, रेजिन सुब्बा
बैकल्पिक -
मनिल रत्न शाही, प्रदीप कार्की, राज श्रेष्ठ, सुमन महर्जन, बुद्धराज लिम्बु, सुर्य अधिकारी, सुजल श्रेष्ठ,
ब्रिगेड :
अनिल गुरुङ, जय गुरुङ, मनोज राई, पदम भट्टराई, रितिककुमार खड्का, रोशन दोङ, रन्दीप पौडेल, शिशिर लेखी, विजय गुरुङ, पृथ्वी चौधरी, बिशाल सुनार
बैकलिपक -
उत्तम गुरुङ, अन्जन महर्जन, दीपेन्कराज सिंह, रजत तिवारी, रोशन रानामगर, ब्रिजेश चौधरी, जीबन भट्टराई, सुबित कार्की