एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले दुई एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
कार्डिफमा श्रीलंकाविरुद्ध अफगानिस्तानले टस जितेको छ । र, पहिले बलिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तानले बलिङ रोजेपछि श्रीलंकाले ब्याटिङ थालेको छ ।
सोफिया गार्डेनमा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो खेलमा दुवै टोली अंक जोड्न चाहन्छ ।
पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ । अफगानिस्तानविरुद्ध मैदान उत्रदा श्रीलंका सहज जितको खोजीमा हुनेछ ।
यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो । तालिकाको नवौं स्थानको अफगानिस्तान श्रीलंकालाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ ।
दुई टोलीबीचको अघिल्लो नतिजा श्रीलंकाको पक्षमा रहेको छ । पछिल्लो ३ भेटमा श्रीलंकाले २ जित निकाल्दा अफगानिस्तानले एक जित निकालेको छ ।