एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अष्ट्रेलियालाई २०८ रनको सम्मान जनक लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको ब्रिस्टोलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनायो ।
अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए ।
राशिद खानले २७ रन बनाए ।
अष्ट्रेलियाका लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३/३ विकेट लिए । यस्तै मार्कुस स्टोनिसले २ विकेट लिए ।
दुवै टोली पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।
यसअघि इंग्ल्याण्ड, न्युजिल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।