एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको तेस्रो खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई जितका लागि १३७ रनको सामान्य लक्ष्य दिएको छ ।
इंग्ल्याण्डको कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा अलआउट हुँदै १३६ रन बनायो ।
श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन जोडे ।
न्युजिल्याण्डका म्याट हेनरी र लक्की फर्गुसनले ३/३ विकेट लिए ।
दुवै टोली पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा रहेका छन् ।
यसअघि इंग्ल्याण्ड र वेष्ट इण्डिजले विजयी सुरुवात गरिसकेका छन् ।