एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा आज (शुक्रबार) पाकिस्तान र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टोली नोटिङ्गहममा प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछन् ।
टिमको पुन संरचनामा ठुलो शक्ति खर्च गरेको वेस्ट ईन्डिजसंग उपाधि जित्न सक्ने सबै चिज देखिन्छ । सन् २०१७ को च्याम्पियन्स ट्रफी जितेको पाकिस्तान सोही आत्मसाथ विश्वकप क्रिकेटमा देखाउन चाहन्छ । सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् ।
शुक्रबार वेस्ट ईन्डिजविरुद्व उत्रदै गर्दा पाकिस्तान ठुलो दबाबमा देखिन सक्नेछ । पछिल्लो वार्मअप खेलमा न्युजिल्याण्डविरुद्व वेस्ट ईन्डिजले ४ सय २१ रन बनाएको थियो ।
पाकिस्तानका कप्तान सरफराज अहमद टिमका प्रतिभाका लागि विश्वकपमा क्षमता देखाउने अवसर रहेको बताउँछन् । ब्याटिङमा बाबर आजमसंग ठुलो आश गरेको पाकिस्तानका बलर मोहम्मद आमिर खेल्नेमा अझै शंकानै छ ।
अफगानिस्ताविरुद्वको पछिल्लो खेलमा बाबरले अर्धशतक प्रहार गरेका थिए । ब्याटिङमा बलियो देखिएको वेस्ट ईन्डिजलाई अनुभवी बलर मोहम्मद हाफिज र शोएब मल्लिकले सन्तुलनमा राख्न सक्नेछन् ।
विश्वकपका सबै सस्करणमा हारसहित प्रतियोगिताको सुरुवात गर्ने पाकिस्तानलाई खराब ईतिहासले सधै पिरोल्ने गर्छ ।
यता न्युजिल्याण्डविरुद्वको प्रर्दशनले वेस्ट ईन्डिज विश्वकप अघि सबैको ध्यान खिच्न सफल भएको छ । वेस्ट ईन्डिजले सो खेलमा ४ सयको आँकडा पार गरेको थियो ।
आन्द्रे रसेल र क्रिस गेल जस्ता हार्ड हिटर समावेश वेस्ट ईन्डिज ठुलो स्कोर बनाउन सक्ने टिम हो । त्यस्तै तल्लो क्रममा कप्तान जेसन होल्डर कार्लोस ब्रेथवेट समेत राम्रो ब्याटिङ प्रर्दशन गर्न सक्छन् ।
बलिङमा वेस्ट ईन्डिजलाई समस्या पर्न सक्छ । टिमका कम अनुभवका बलर रहेको देखिन्छ । सेनन ग्याब्रियल जस्ता अनुभवी बलरमा वेस्ट ईन्डिजले ठुलो अपेक्षा गरेको छ । कप्तान होल्डर र ब्रेथवेट आफै समेत राम्रो बलिङ गर्न सक्छन् ।
हेड टु हेड : दुवै टोली एकदिवसीय खेलमा १ सय ३३ पटक भिडेका छन् । यसअघि विश्वकपमा दुवै टिम १० पटक भिडेका छन् । जसमा वेस्ट ईन्डिज ७ पटक र पाकिस्तान ३ पटक विजयी भएका छ ।