काठमाडौं । अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यो पुस्ताकै महान खेलाडी मानिन्छन् । यी दुई खेलाडीको खेल हेर्न लाखौं फुटबल प्रेमीहरु झुम्मने गर्छन् ।
मेस्सी र रोनाल्डोले क्लब फुटबलमा पाएको सफलता लोभ लाग्दो छ । तर, यी दुई खेलाडी राष्ट्रिय टोलीबाट खेल्दा सधै असफल हुने गर्छ । दुई टोलीले आफ्नो राष्ट्रको लागि विश्वकप जिताउन सकेका छैनन् ।
रुसमा जारी विश्वकप फुटबल मेस्सी र रोनाल्डोको लागि अन्तिम अवसर थियो । तर, मेस्सीको टोली अर्जेन्टिना फ्रान्स र रोनाल्डोको टोली उरुग्वेसंग स्तब्ध हुँदै प्रि क्वाटरफाइनलबाटै बाहिरियो । योसंगै मेस्सी र रोनाल्डोको विश्वकप सपना पुन एक पटक तुहियो ।
सायद, अब दुई टोलीलाई अर्को विश्वकप देख्न सक्ने छैनौं । दुवैको उमेरले चार बर्षपछि कतारमा हुने विश्वकपमा साथ दिने छैन् । यो नै उनीहरुको अन्तिम विश्वकप हुन् सक्छ ।
मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल विश्वकपबाट बाहिरिएपछि सामाजिक संजाल अहिले तातिएको छ । सामाजिक संजालमा सकारात्मक, नकारात्मक, व्यंग्यात्मक र सहानुभूति दिने पोष्टहरुले स्थान पाएको छ ।
कसले के भने ?