काठमाडौं । विश्वकपको पहिलो नकआउट खेलबाटै उपाधि दाबेदार मानिएको अर्जेन्टिना बाहिरियो ।
भनिन्छ, विश्वकप फुटबलमा सबै भन्दा धेरै प्रसंशक नेपालमा अर्जेन्टिनी टिमकै रहेका छन् । त्यसमा समेत केही विद्यार्थी नेताले अर्जेन्टिनाको पक्षमा सामाजिक सञ्जालमा ठुलै हल्ली खल्ली गरे । अर्जेन्टिनी टिम र स्टार मेस्सीको पक्षमा मात्र उत्रिएनन्, विपक्षीमाथी रमाईलो घोचपेच समेत निकै गर्न भ्याए ।
तर फ्रान्ससंग अर्जेन्टिनी टिमको पराजयसंगै केही विद्यार्थी नेताले समकक्षी मित्रलाई सान्त्वनादेखी आफ्नै आखाँसमेत आशुले भिजाए ।
त्यसमा एक कदम अगाडी थिए, अनेरास्ववियुका सचिव आरसी लामिछाने ।
उनले पार्टीभित्रका अर्जेन्टिनी समकक्षीलाई धैर्य धारण गर्न सामथ्र्य मिलोस भन्दै ब्यङ्गे कस्न भ्याए ।

त्यसपछि आए अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ । उनले उत्कृष्ट खेलका बाबजुत फ्रान्सलेको पक्षमा नतिजा परेको दाबी मात्र गरेनन् अब कतारमा भेट्ने बाचा गर्दै अर्जेन्टिनी टिमको बिदाई गरे ।

त्यसपछ आए अखिल क्रान्तिकारीका नेता दिपेश पुन ।
कट्टर समर्थक रुपमा विश्वकप फुटबलमा सामाजिक सञ्जालमा छाएका उनले अर्जेन्टिनाको पराजयमा दुख मनाउ गर्दै आँशुनै बगाए । करिब आधा घण्टा फेसबुकमा लाईभ भिडियो गर्दै दुख साटेका उनले आँशु सहितका तस्विर समाजिक सञ्जालमा सार्वनजीक गर्दै टिम प्रतिको सद्भाव देखाए ।

अखिल क्रान्तिकारीकै अर्का नेता सुरेन्द्र बस्नेतले अर्जेन्टिनाको बहिर्गनमा दुख ब्यक्त गर्दै मेस्सीको फोटो सहित विदाई स्टाटस लेखे ।

राजनीतिक बहश र मुद्धामा केन्द्रित रहदै सामाजिक सञ्जालमा सक्रिय हुन रुचाउने विद्यार्थी नेताहरु यसपटक विश्वकप फुटबलमा जर्सी सहितका फोटा सामाजिक सञ्जारमा पोष्ट गर्दै विश्वकपलाई उल्लस पुर्ण तरिकाले मनाईरहेका छन् ।