एजेन्सी । फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले ब्राजिली लिजेण्ड पेलेसंगको रेकर्ड बराबरी गरेका छन् ।
विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने युवा खेलाडीको रुपमा एम्बाप्पेले पेलेसंगको रेकर्ड बराबरी गरेका हुन् ।
पेलेले सन् १९५८ को विश्वकपमा ब्राजिलकोतर्फबाट ६ गोल गरेका थिए । जतिबेला उनी मात्र १८ बर्षका थिए ।
सोही रेकर्डलाई बराबरी गर्ने क्रममा फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले फ्रान्सेली जर्सीमा नकआउट चरणमा २ गोल गरेका छन् ।
रुसी विश्वकपमा अर्जेन्टिनाविरुद्धको प्रि क्वार्टरफाईनलको खेलमा एम्बाप्पेले २ गोल गरेका हुन् ।
१९ बर्षिया एमबाप्पेले खेलको ६४ औ र ६८ औ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई जित नजिक पु¥याएका थिए ।
उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंग आबद्ध छन् ।
फ्रान्सका युवा स्टारलाई विश्व फुटबलका ठुला तथा धनी क्लबले अनुबन्धनको प्रयास गरेपनि उनले फ्रान्समै बस्ने मनसाय बनाएका थिए ।