काठमाडौं । सन् २०१६ को कोपा अमेरिकी कपको फाईनलमा उपाधि विमुख हुने वित्तिकै लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए ।
निर्णय यति अप्रत्यासित थियो, सारा विश्व फुटबल त्यस निर्णयमा स्तब्ध बन्यो ।
मेस्सी चौथो पटक ठुला प्रतियोगिताबाट उपाधिबाट बिमुख भएका थिए । अझ त्यसमा उनैको पेनाल्टी प्रहार कारण बनेपछि उनीले आफुलाई सम्हाल्न सकेनन् ।
स्पेनिस क्लब बार्सिलोनबाट विश्व फुटबलमा तहल्का मच्चाएका मेस्सी राष्ट्रिय टिमबाट केही ठुला उपाधि जित्न चाहन्थे ।
युरोपेली क्लब फुटबलमा उनले प्रशस्त दाम कमाए, नाम कमाए । अनि धेरै उपाधि पनि । तर त्यो सबै बार्सिलोनाकालागि थियो ।
उनी जित्न चाहन्थे राष्ट्रिय टिमको जर्सीमा ठुला उपाधि र लेखाउन चाहन्थे एक महान खेलाडीको नाम ।
जस्तो म्यारोडोनाले अर्जेन्टिनाकालागि गरे । उनी त्यसको पदचाप पछ्याउन चाहन्थे ।
तर जहिल्यै उनीमाथी एउटै आरोप लाग्ने ग¥यो, उनी बार्सिलोनकालागि मात्र राम्रो खेल्छन् ।
मेस्सी आरोपलाई गलत सावित गर्न चाहन्थे । उनले सबैको आग्रहपछि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिए ।
अर्जेन्टिनाको जर्सीमा मैदान फर्किए । कठिन परिस्थितीमा रहेको अर्जेन्टिनालाई रुससम्मको यात्रामा डो¥याएर ल्याए ।
करियरकै उत्तार्धमा रहेका उनी विश्वकपको उपाधि जित्न चाहन्थे । आखिर सारा अर्जेन्टिनीले पनि उनीबाट त्यही त आशा गरेका थिए ।
त्यही सपनाको पोको बोकी उनी रुस पुगे । तर समुह चरणमै अर्जेन्टिनी प्रर्दशन लड्खडायो ।
प्रतियोगितामा डेब्यु गरेको आईसल्याण्डसंग १–१ को बराबरी खेल्यो । दोस्रो खेलमा अर्जेन्टिना क्रोएसियासंग ३–० ले स्तब्ध बन्यो ।
धेरैलाई त्यही समय लाग्यो अर्जेन्टिनाको यात्रा लामो रहने छैन । तर तेस्रो खेलमा नाईजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम १६ मा यात्रा तय गरेको थियो ।
समिकरणले अर्जेन्टिनाको भेट फ्रान्ससंग तय ग¥यो । र नतिजा निस्कियो, फ्रान्स ४– अर्जेन्टिना ३ ।
नतिजाले अर्जेन्टिनालाई घरको बाटो देखाएको छ । विश्वकप जित्ने मेस्सीको सपनामा पुर्णविराम लगाएको छ ।
निश्चित छैन, मेस्सीले अर्को विश्वकप खेल्छन् वा खेल्दैनन् ।
तर मेस्सी अब भने थाकेका छन्, उपाधिसंग, अझ भनौ आफैसंग ।