एजेन्सी । एसियाली राष्ट्र जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा पोल्याण्डसंग १–० ले पराजित भएपनि जापान समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
५९ औ मिनेटमा बेडनारेकले गरेको गोल पोलिस टोलीलाई जिताउन पर्याप्त बन्यो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
जापान ४ अंक सहित अन्तिम १६ मा प्रवेश गर्दा कोलम्बिया ६ अंक सहित समुह विजेता बन्यो । जापान रुस विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र समेत बनेको छ ।
समान ४ अंक भएपनि सेनेगल प्रतियोगिताबाट बाहिरियो । जापानसंग फेयर प्लेको आधारमा पछि पर्दा सेनेगलले अघिल्लो चरण प्रवेश गर्न सकेन । सेनेगलले जापानले भन्दा २ बढी पहेलो कार्ड पाएको थियो । पोल्याण्डले अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताबाट सुखद विदाई लियो ।