एजेन्सी । जर्मनी फुटबल टिमका प्रशिक्षक जोचिम लेउले टिम छाड्ने संकेत गरेका छन् । रुसी विश्वकपको समुह चरणबाटै बाहिरिएपछि प्रशिक्षक लेउले टिम छाड्न सक्ने बताएका हुन् ।
समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियासंग २–० को लज्जास्पद हार ब्यहोरेपछि प्रशिक्षक लेउले यस बिषयमा चाँडै निर्णय लिने बताए । कजानमा साउथ कोरियासंग २–० को हार ब्यहोरेपछि प्रशिक्षक लेउको अर्को आलोचना भईरहेको छ । विश्वकपमा लेउको यो सबै भन्दा खराब प्रर्दशन हो ।
५८ बर्षिया लेउले अब आफु प्रशिक्षकमा रहने उपयुक्त व्यक्ति भए, नभएको निर्णय गर्ने बताए । उनले प्रतियोगिताको पुर्व सन्ध्यामा जर्मनी राष्ट्रिय टोलीमा लामो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उनले भने, ‘म नै पहिलो ब्यक्ति हो, जसलाई प्रश्न गर्न मन छ । के गलत भईरहेको छ ? बिषय के हो ?’
‘विश्वकपबाट बाहिरिनु मेरो जिम्मेवारी हो । म एक रात सुत्न चाहन्छु । म निकै बिछिप्त र निराश छु ।’ उनले भने ।
‘भविष्यको निर्णय दिन अलि हतार हुन सक्छ । तर म भित्रैदेखी निराश छु ।’
‘मैले त्यो सोचेको थिएन । म आशावादी मान्छे हु ।’
‘मलाई केही घण्टा चाहिएको छ । म भोली सबै कुरा गर्नेछु ।’
उनले गत महिनामात्र एक सम्झौतामा हस्ताक्षर गर्दै सन् २०२२ मा कतारमा हुने विश्वकपसम्म जर्मनी टोली सम्हाल्ने निर्णय गरेका थिए ।