काठमाण्डौ । पहिलो संस्करणको साकुरा स्कुनर ओपन च्याम्पियनसिप फागुनको २९ गते सुरु हुने भएको छ । नेपाल विलियर्डस् स्नुकर तथा पुल संघबाट मान्यता प्राप्त प्रतियोगिताको विजेताले एक लाख दश हजार रुपैयाँ प्राप्त गर्नेछ ।
जुन घरेलु प्रतियोगितामा सर्वाधिक ठुलो राशीको पुरस्कार हो । दोस्रो हुने खेलाडीलाई ४० हजार रुपैयाँ दिईनेछ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा १ सय २८ जना खेलाडीले सहभागिता जनाउने अपेक्षा गरेको छ ।
चैत्र ७ गते सम्म संचालन हुने प्रतियोगिता नकआउट चरणका आधारमा खेलाईनेछ ।
प्रतियोगिताबाट उत्कृष्ट ८ खेलाडी छनोट गरिनेछ ।
प्रतियोगितामा राष्ट्रिय टिमका सिनियर ८ खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छैनन् ।
सिनियर ८ खेलाडी र प्रतियोगितामा उत्कृष्ट हुने ८ खेलाडीलाई समावेश गरेर संघले सार्क प्रतियोगिताका लागि छनोट प्रतियोगिता गर्नेछ । छनोटमा उत्कृष्ट हुने दुई खेलाडीले बंगलादेशमा हुने सार्क स्नुकर च्याम्पिएनसिपमा भाग लिन पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन काठमान्डौका बिभिन्न स्नुकर घरमा फारम उपलब्ध रहेको आयोजकले जनाएको छ ।