काठमाडौं । नेपालमा आयोजना हुने १२ औं संस्करण दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ६ र ७ गते आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रहरु भारत, पाकिस्तान, भुटान, अफगानिस्तान,श्रीलंका, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।
प्रज्ञा भवन कमलादीमा हुने प्रतियोगितामा शारीरिक सुगठन तर्फ ५५,६०,६५,७०,७५,८०,८५,९० र ९० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुषको फिटनेस फिजिक्समा १७० सी.एम सम्म र १७० सी.एम उचाईमाथि तथा महिला एथलेटिक्स फिजिक्सतर्फ १६५ सी.एम सम्म र १६५ सी.एम उचाईमाथि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि नेपालले बैशाखमा आयोजना हुने मिस्टर हिमालयबाट खेलाडी छनोट गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनका अवसरमा बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले १२ औं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए ।