एजेन्सी । आज समुह चरणको अन्तिम खेलमा भिड्न लागेका ब्राजिल र सर्वियाको नजर अन्तिम १६ मा हुनेछ । अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको ब्राजिल अन्तिम खेलमा दबाबमा हुन सक्छ । तर ब्राजिललाई नकआउट चरण पुग्न बराबरी पर्याप्त छ ।
सर्वियाले ब्राजिललाई पराजित गरेमा मात्र उसको अन्तिम १६ को प्रवेश सम्भावना रहन्छ । सोही खेललाई प्रभाव पार्ने दुई टोलीका खेलाडी यसप्रकार छन् ।
नेमान्जा म्याटिक (सर्विया)
सर्वियालाई अन्तिम १६ टिम भित्र पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । त्यसकोलागि आज उसलाई जति धेरै गोलको आवश्यकता पर्छ । सर्वियाका लागि आज नेमान्जा म्याटिकले विशेष रहने गर्छन् । युरोपका चर्चित खेलहरु खेलिसकेका म्याटिक आज ब्राजिललाई हराउदै प्रिक्वाटरको ढोका खोल्न चाहन्छन् ।
ब्यवसायिक फुटबलको लागि इङ्लिस प्रिमियर लिग खेल्ने नेमान्जा म्याटिक म्यानचेष्टर युनाइटेडका लागि खेल्ने गर्छन् । रसिया विश्वकपको रुपमा अन्तिम विश्वकप खेल्दै गरेका म्याटिक अहिले २९ वर्षका भए । प्रिमियर लिगमा ३६ खेलमा एक गोल गरेका मिडफिल्डर म्याटिकले च्याम्पियन लिगमा ७ खेल खेलेका थिए ।
विश्वकप छनोट खेलमा भने ७ खेल खेलेर एक गोल गरेका थिए । रसिया विश्वकपमा सुरुवाति दुबै खेलमा पुरा समय खेलेका नेमान्जा म्याटिक बल नियन्त्रण गर्न, बल पास खेल्न, बल पोजिसन बढाउन अग्रपक्तिमा बल निकाल्न माहिर छन् ।
फिलिपे कौटिन्हो (ब्राजिल)
सधै नेयमार प्रेरित रहेको ब्राजिललाई यस पटको रसिया विश्वकपमा फिलिपे कौटिन्होले अगाडि बढाइरहेका छन् । रसिया विश्वकपमा कौटिन्हो दुई खेलमा दुई गोल गरिसकेका छन् ।
व्यवसायीक फुटबलमा स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने कौटिन्हो यसै सीजन प्रिमियर लिग लिभरपुरबाट बार्सिलोना पुगेका थिए । प्रिमियर लिगमा १४ खेल खेल्दै ७ गोल गरेर स्पेन लागेका कौटिन्होले ला लिगामा १८ खेलमा ८ गोल गरेका थिए ।
एनले युरोपको प्रतिष्ठित च्याम्पियन लिगमा भने लिभरपुरबाट ५ खेल खेल्दै ५ गोल गरेका छन् । विश्वकप छनौट खेलमा १३ खेल खेलेका फिलिपे कौटिन्होले ४ गोल गरेका थिए । सिधा फ्रिकिक प्रहार गर्न र लामा बल प्रहार गर्न सफल कौटिन्होको डिबक्स बाहिरबाट दाया खुट्टाले प्रहार गरेर गोल गर्ने कलाले सबैलाई आश्चर्य चकित बनाउछ ।