एजेन्सी । समूह चरणको अन्तिम खेलमा कोस्टारिकाविरुद्ध भिड्दै गर्दा स्विटजरल्याण्डको नजर अन्तिम १६ मा हुनेछ । बराबरीले मात्र स्विस टोलीले नकआउट चरणमा स्थान बनाउनेछ ।
समूह चरणमा सर्वियाविरुद्ध प्राप्त जितले स्विस टोली सहज स्थितीमा छ । तर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकाले स्विस टोलीलाई समस्यामा पार्न सक्छ । ‘हामीले जस्तो टोली र नतिजा निकालेका छौ । त्यो संगठित रुपमा परिणाम हो । हामी भविष्यमा समेत यसरी नै खेल्नेछौ ।’ स्विस प्रशिक्षक भलादिमिर पेत्रोभिक भन्छन् ।
प्रतियोगितामा लगातार दुई खेलमा पराजित कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, प्रशिक्षक ओस्कार रामिरेजले टोलीले घरेलु भुमिमा अनुचित आलोचना खेप्नु परेको गुनासो गरेका छन् । ‘म दुखी छु अनि निराशाजनक महशुश गरिरहेको छु । मानिसहरुले हारलाई असहज रुपमा व्याख्या गरेका छन् ।’ उनले भने ।
फिफाको प्रतिबन्धका कारण स्विटजरल्याण्डका ग्रेनिट जाका, जर्दान शाकिरी र स्टेफन लिस्टेनरले आजको खेल गुमाउनेछन् । कोस्टारिकाका केही खेलाडीको रुसी विश्वकपनै अन्तिम प्रतियोगिता हुनेछ । उसका कप्तान ब्रायन रुजी अर्को विश्वकपमा देखिने छैनन् । चोटका कारण समेत केही खेलाडी कोस्टारिकाको नियमित सेटमा नदेखिन सक्छन् ।
स्विटजरल्याण्ड २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान अंक भएपनि ब्राजिल गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ । सर्विया ३ अंक सहित तेस्रो स्थानमा छ । अंक विहिन कोस्टारिका तालिकाको पुछारमा छ । दुवै टोलीको ठुलो प्रतियोगितामा तेस्रो भेट हो ।
सन् २००६ मा स्विस टोलीले कोस्टारिकालाई २–० ले हराएको थियो । यता सन् २०१० मा कोस्टारिकाले १–० को जित निकालेको थियो ।