एजेन्सी । विश्वकप फुटबल अन्तर्गत नकआउट चरण प्रवेशको सम्भावना बोकेको अष्ट्रेलियाले पेरुसंग २–० को हार ब्यहोरेको छ । समुह चरणको अन्तिम खेलमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको पेरुले अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गरेको छ ।
खेलको १८ औ मिनेटमा आन्द्रे कारिलोको गोलबाट अग्रता लिएको पेरुकालागि ५० औ मिनेटमा जोसे पाब्लोले दोस्रो गोल गरेका थिए । पेरु तीन अंक सहित सुखद नतिजा निकाल्दै प्रतियोगिताबाट बिदा भएको छ । नकआउट चरण पुग्न असफल अष्ट्रेलियाको खातमामा मात्र १ अंक रहन पुग्यो ।