एजेन्सी । फिफा विश्वकप फुटबलमा आज समूह सी मा रहेको डेनमार्क र फ्रान्सले प्रतिस्पर्धा गर्दै छन् । दुवै टोलीले समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् ।
लुजिनिकी रंगशालामा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । फ्रान्स डेनमार्कलाई हराउदै समूह बिजेता बन्न चाहन्छ । डेनमार्क फ्रान्सलाई हराएर नकआउट चरण पुग्न चाहन्छ । यस्तोमा दुवै खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
दुई टोली मैदान उत्रदा मुख्य त् फ्रान्सका एन्टोनी ग्रिजम्यान सबैको नजरमा पर्ने छन् । यस्तै डेनमार्कका क्रिष्टियन एरिक्सनले ग्रिजम्यानलाई पछ्याउने छन् ।
प्लेयर्स टु वाच :
एन्टोनी ग्रिजम्यान (फ्रान्स)
डेनमार्कविरुद्ध फ्रान्सले फरवार्ड ग्रिजम्यानलाई मुख्य हतियार बनाउने छन् । ग्रिजम्यान चम्किए डेनमार्कलाई हराउन फ्रान्सलाई गाह्रो हुने छैन । किनकि बल नियन्त्रण गर्न, लामा सट प्रहार गर्न माहिर ग्रिजम्यान गोल गर्न उत्तिकै माहिर छन् ।
स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट खेल्ने ग्रिजम्यानले दुई खेलमा एक गोल समेत गरिसकेका छन् । ग्रिजम्यानले यो सिजन ला लिगामा ३२ खेल खेल्दै १९ गोल गरेका थिए । यस्तै च्याम्पियन्स लिगमा ६ खेल खेल्दै २ गोल गरेका थिए ।
विश्वकप छनोट खेलमा १० खेल्दै ४ गोल गरेका २७ बर्षीय ग्रिजम्यान आज डेनमार्कविरुद्ध चम्कने अनुमान गरिएको छ ।
क्रिष्टियन एरिक्सन (डेनमार्क)
फ्रान्सविरुद्ध मैदान उत्रदा डेनमार्कले क्रिष्टियन एरिक्सनलाई मुख्य हतियार बनाउने छन् । किनकि फ्रान्सको डिफेन्सलाई चिर्न प्ले मेकर एरिक्सन नै मुख्य खेलाडी बन्ने छन् । उनले प्ले मेकर भूमिका निभाउन सके डेनमार्कका फरवार्डलाई गोल निकाल्न गाह्रो पर्दैन ।
२६ वर्षिय एरिक्सन प्रिमियर लिगमा टोटेनह्यामका लागि खेल्ने गर्छन् । त्यसैले मिडफिल्डमा जम्न सक्ने एरिक्सनबाट डेनमार्कले आशा गरेको छ ।
यो सिजन प्रिमियर लिगमा एरिक्सनले १० गोल गर्दै १० गोलका लागि पास उपलब्ध गराएक थिए । उनले च्याम्पियन्स लिगमा ६ खेल खेलेर २ गोल गरेका थिए ।
विश्वकप छनोटमा एरिक्सनले १२ खेल खेल्दै ११ गोल गर्न सफल भएका थिए । बल पोजिसन बनाउन सिपालु एरिक्सन छोटो पास खेल्न निकै माहिर मानिन्छन् ।