सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य
शनिबार, २४ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। कप्तान सूर्यकुमार यादवको आक्रामक ब्याटिङ गर्दै भारतले आईसीसी टी–२० विश्वकपमा अमेरिकालाई १६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
वानखडे मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनाएको हो।
भारतका सूर्यले सर्वाधिक ८४ रन बनाए। ४९ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गरे। तिलक बर्मा २५ र इशान किसन २० रनमा आउट हुँदा अक्षर पटेलले १४ रनको योगदान दिए।
अमेरिकाका शाडली भान शाल्कवीकले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए।
हर्मित सिंहले २ विकेट राख्दा एक विकेट अलि खानको नाममा रह्यो।













-1770375849820.jpg&w=3840&q=75)