शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

बलले लागेर बेन स्टोक्स घाइते

शुक्रबार, २३ माघ २०८२खेलपाटी संवाददाता
बलले लागेर बेन स्टोक्स घाइते
mustang rice ad

काठमाडौं। इङ्ल्यान्ड टेस्ट टोलीका कप्तान बेन स्टोक्स क्रिकेट बलको चोटबाट घाइते भएका छन्। उनको आँखामुनि गहिरो निलडाम देखिएको छ भने गाला र नाकतिर पनि चोट लागेको छ।

इन्स्टाग्राम स्टोरीमार्फत स्टोक्सले आफ्नो चोटबारे जानकारी दिएका हुन्। उनले सेयर गरेको तस्बिरमा आँखामुनिको भाग सुन्निएको देखिन्छ। गालामा केही रगत पनि लागेको छ। चोट अलिकति माथि लागेको भए उनको करिअर नै जोखिममा पर्न सक्थ्यो।

तस्बिरसँगै स्टोक्सले मजाकिया शैलीमा लेखेका छन्,‘क्रिकेट बलको हालत पनि एकचोटि जाँच्नुपर्छ।’ साथै उनले हाँसोको इमोजी पनि प्रयोग गरेका छन्।

क्रिकइन्फोका अनुसार स्टोक्स खेलको क्रममा ब्याटिङ वा बलिङ गर्दा होइन, नेट सेसनका बेला छेउमा उभिँदा घाइते भएका हुन्। स्टोक्स इङ्ल्यान्ड लायन्स टोलीको कोचिङ स्टाफमा सामेल हुने तयारीमा छन्।

यसै महिना संयुक्त अरब इमिरेट्समा पाकिस्तान शाहिन्सविरुद्ध हुने सीमित ओभरको सिरिजमा उनी मोइन अलीसँगै लायन्सका मुख्य प्रशिक्षक एन्ड्र्यु फ्लिन्टफको सहकार्यमा काम गर्नेछन्।

यस सिरिजमा इङ्ल्यान्ड लायन्सले तीनवटा टी–२० र पाँचवटा ५० ओभरका खेल खेल्नेछ। तीन वर्षपछि यो सिरिजमार्फत इङ्ल्यान्ड लायन्सको तालिकामा प्रतिस्पर्धात्मक सेतो बलको क्रिकेट फर्किन लागेको हो।

स्टोक्सले यो सिरिजमा काम गर्ने अवसरलाई एशेजमा लागेको चोटको पुनःस्थापना प्रक्रियाको भागका रूपमा लिएका थिए। सिड्नीमा भएको एशेजको पाँचौं टेस्टमा बलिङ गर्ने क्रममा उनी ‘ग्रोइन’ चोटबाट पीडित भएका थिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Bajaj Pulsar Motorcycle Ad
बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने