एजेन्सी । एउटा विनाशकारी नतिजाको बाबजुत, अर्जेन्टिनाको आशा अझैपनि जिवितै छ । विश्व फुटबलका सबै भन्दा ठुला स्टार लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाको यो हैसियत सायदै कमैले आकलन गरेका होलान् ।
दुई पटकको विश्व विजेता टोली अहिले समुह चरणबाट घर फर्कने डरबाट गुज्रिएको छ । पहिलो खेलमा विश्वकपको डेब्यु टोली आईसल्याण्ड बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोयसियासंग ३–० को लज्जास्पद हार ब्यर्होयो ।
समूह चरणको अन्तिम खेलमा नाईजेरियाविरुद्ध उत्रदै गर्दा अर्जेन्टिनालाई जितको विकल्पमात्र हुने छैन् । क्रोयसियासंग आईसल्याण्डको हारको समेत कामना गर्नुपर्ने छ । त्यही समिकरणले अर्जेन्टिनालाई विश्वकपमा नकआउट चरणको बाटो देखाउछ ।
के विश्वकपमा थाकेको जस्तो देखिएको अर्जेन्टिना खेलमा प्राण भर्न तयार छ ? तर प्रशिक्षक मंगलबारको दिन अर्जेन्टिनाले उत्कृष्ट प्रर्दशन गर्ने दाबी गर्छन् । ‘हामीले अब पाँच फाईनल खेलमा गोल गर्नुपर्ने हुन्छ ।’ प्रशिक्षक स्याम्पोलीले भने, ‘भोली हाम्रो पहिलो फाईनल हुनेछ । भोली को संग खेल्दैछौ भन्ने कुराले हामीलाई कुनै फरक पार्दैन । हामी अघिल्लो चरणमा पुग्नकालागि सक्दो प्रयास गर्नेछौ ।’
यदी अर्जेन्टिनाले नाईजेरियालाई पराजित गरेमा र क्रोयसियाले आईसल्याण्डलाई पराजित गरेमा अर्जेन्टिना अघिल्लो चरण पुग्न सक्छ । यदी अर्जेन्टिनाले नाईजेरियालाई पराजित गरेको खण्डमा र आईसल्याण्डले क्रोयसियालाई पराजित गरेमा अर्जेन्टिना राम्रो गोल अन्तरका आधारमा नकआउट चरण पुग्न सक्छ । तर नाईजेरियालाई अर्जेन्टिनाविरुद्धको खेलमा कम्तिमा बराबरीले समेत नकआउट चरणमा पुर्राउन सक्छ । यदी आईसल्याण्डले क्रोयसियासंग बराबरी वा पराजित भएमा नाईजेरियाले नकआउट चरणमा पुग्ने समिकरण तय भएको छ ।
नाईजेरियन प्रशिक्षक गर्नोट रोहलाई सोधियो, के मेस्सीको विश्वकप अन्त्य गर्न नाईजेरिया तयार छ ? तब रोहले भने, ‘सायद उनको यो अन्तिम खेल हुन सक्छ ।’ ‘हामी महान खेलाडीलाई प्रेम गछौ । मेस्सीलाई सबैले प्रेम गर्छन् ।’ उनले भने, ‘प्रश्न यो होईन कि मेस्सीको यो विश्वकप अन्तिम हो वा होईन् । प्रश्न हो हामी छनोट हुन्छौ या हुदैनौ ।’ ‘हामी यहाँ उनको खेल हेर्न आएका होईनौ । हामी नतिजा निकाल्न आएका हौ । हामी व्यवसायिक छौ ।’ उनले भने ।
पछिल्ला ४ विश्वकपमा नाईजेरिया छनोट भएको छ । नाईजेरिया, अर्जेन्टिना सम्मिलित समूहमै परेको छ । सन् १९९४ मा समेत दुवै टोली एकै समुहमा थिए । तर नाईजेरियाले अर्जेन्टिनाविरुद्धका सबै ४ खेल गुमाएको छ । नाईजेरियाले आईसल्याण्डविरुद्ध उतारेको टोलीमा सायद कुनै परिवर्तन गर्ने छैन । सो खेल नाईजेरियाले २–० ले जितेको थियो । त्यही लाईन अप आजको खेलमा दोहरिनेछ ।
अर्जेन्टिनाले खेलको संरचनामा केही परिवर्तन गर्न सक्छ । आईसल्याण्डविरुद्ध ४–२–३–१ को टिम उतारको अर्जेन्टिनाले दोस्रो खेलमा आईसल्याण्डविरुद्ध ३–४–३ को संरचना तयार गरेको थियो । उसले समूह चरणको अन्तिम खेलमा ४–३–३ वा ४–४–२ को रणनीति अख्तियार गर्न सक्नेछ ।
अघिल्लो खेलमा सिल्ली गल्ती गरेको गोलकिपर विली काबालेरो परिवर्तन हुनेछन् । डि मारिया खेलमा फर्कनेछन् । गोन्जालो हिग्युनको स्थानमा सर्जियो अग्युरो देखिन सक्नेछन् ।