राजपुरको लगातार दोस्रो
मंगलबार, २९ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, धनगढी। राजपुर स्पोर्ट्स क्लबले लिटिल फ्लावर प्राइड लिगमा लगातार दोस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा निस्ट कलेजलाई १६७ रनले हराएको हो। राजपुरको यो लगातार दोस्रो जित हो। यसअघि समूह ‘ए’मा रहेको राजपुरले टिम बगैँचालाई ६ विकेटले पराजित गरेको थियो।
राजपुरले दिएको २२६ रनको लक्ष्य पछ्याएको निस्ट २० ओभरमा ८ विकेट गुमाउँदै ५८ रनमा रोकियो।
निस्टका अविनाश बोहराले सर्वाधिक १५ रन बनाए। ३१ बल खेलेका उनले २ चौका प्रहार गरे। महेन्द्र विष्टले अविजित १३ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
राजपुरका अविशेक पालले सर्वाधिक ३ विकेट लिए। नरेन भट्टले २ विकेट राखे।













